#तिलोत्तमामा_दुई_मोटरसाइकल_ठोक्किँदा_२_बालबालिकाको_मृत्यु
रुपन्देहीको गोरकटामा मणिग्रामबाट जादै गरेको बुलेट बाईक र पश्चिम बाट आउँदै गरेको पल्सर मोटरसाइकल एक आपसमा ठक्कर खाँदा २ जना बालबालिकाको मृत्यु भएको छ ।तिब्र गतिमा रहेका दुई मोटर साईकल एक आपसमा ठक्कर खाँदा दुई जनाको बालकको मृत्यु भएको प्रदेश ट्राफिक प्रहरी कार्यालय बुटवलले जनाएको छ । मृत्यु हुनेमा तिलोत्तमा ३ शंकरनगरकी १२ वर्षिया समिक्षा खराल र ७ वर्षिय सुग्रीम खराल रहेका छन् ।प्रहरीका अनुसार दुर्घटनामा घाइते हुनेहरुमा सुद्धोदन ३ का ३४ वर्षिय सुरज काफ्ले र तिलोत्तमा ३ की कमला खराल रहेका छन् । उनीहरुको क्रिमसन अस्पताल मणिग्राममा उपचार भईरहेको छ ।
लु १६ प ६१३० र लु २८ प ४३७३ नम्बरको मोटरसाईकल साँझ अन्दाजी ६ बजेको समयमा एक आपसमा ठोक्किएको थियो ।
Comments
Post a Comment